काठमाडौँ – राष्ट्रिय सभावेशी आयोगले पिछडा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ गरिएको जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोगले पूर्णता पाएको सय दिनमा भएका काम सार्वजनिक गर्दै संवैधानिक व्यवस्थाको उपयोगका लागि पहिचान र प्रतिनिधित्वका लागी पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ भएको जानकारी दिइएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै खस आर्यको थर सूचिकरण र विपन्न खस आर्यको पहिचानको आधार र प्रतिनिधित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको आयोगले जनाएको छ भने पिडडिएका क्षेत्र र कर्णाली क्षेत्रको समावेशीता र विकासका लागि काम भइरहेको आयोगका अध्यक्ष राम कृष्ण तिमल्सेनाले जानकारी दिए ।

स्थानीय सरकारमा सावेशीताको अवस्थाका बारेमा अध्ययन भइरहेको उहाले बताऐ । उनले सिमित स्रोत साधनकाबीच आयोगलाई सरकार र जनताप्रति उत्तरदायि बनाउने दिशामा अघि बढेको उल्लेख गरे ।

आयोगले निजामति सेवामा भर्ना सम्बन्धमा भएको बिशेष व्यवस्थाको पुनरावलोकन गर्न सिफारिस गरिएको जनाएको छ ।