काठमाडौँ – शनिबार हुने नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनमा उम्मेद्वारीको तयारी तीव्र भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौं उपत्यका विभिन्न स्थानमा अधिवेशनका लागि कांग्रेसका स्थानीय नेताहरुले अधिवेशनको तयारी गरेका हुन् । कांग्रेस भित्रका विभिन्न पक्षका नेताहरुले शनिबार हुने अधिवेशनका लागि उम्मेद्वारी दिने तयारी गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते शनिबार हुन लागेको हो ।

१० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।