काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै राष्ट्रसित भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउन सुझाव दिएकी हुन् ।


ADVERTISEMENT

# # #


देशभित्र अवसर नपाई बिदेशीन बाध्य युवाहरुका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताइन् । उनले मुलुुक रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै उनले जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुराउनुपर्ने धारणा राखिन् ।

देशभित्र अवसर नपाई विदेशिन बाध्य युवाहरुका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुस्तकको बिमोचन गरेकी थिइन् । राष्ट्रिय परिषद्मा७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता रहेको थियो ।