काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पुरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्छ भन्दै राजीनामा दिएको बताए ।


ADVERTISEMENT

# # #


आईसीसीबाट बजेट आउने क्रम सुरु भएपछि नै राजिनामा दिने सोच आएको भएपनि तर अब अहिले आफ्नो सबै योजना र मिसन पुरा भएको भन्दै क्रिकेटबाट टाढा हुने निर्णय गरेको उनले बताए ।

प्याकुरेलले अब क्यान नयाँ ढंगले अगाडी बढोस भन्ने चाहेको र त्यसका लागि बाटोपनि खुल्ला गरेको धारणा राखे । क्यानमा आफ्नो योजना पूरा भएको र अब टास्सिएर बस्न उचित नभएको भन्दै राजीनामा दिएको उनको भनाई छ ।

त्यस्तै उपाध्यक्ष श्रेष्ठले क्यानको सुधारका लागि गरिएको सबै काम सम्पन्न भइरहेको र यसलाइ निरन्तरता दिनुपर्ने धारणा राखे ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ साल असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए । यस्तै श्रेष्ठ पनि मिङ्मा डाण्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।