काठमाडौं– अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा विशेष छुट ल्याएको छ ।
लस्कर फूड्सले आजदेखिअन्लाइन प्रतियोगिताको आयोजना गरी दुई जना विजेतालाई फुड कुपन भौचरको व्यवस्था गरेको हो ।
जसअन्र्तगत उक्त दुई विजेताले आफ्नो रु १५०० बराबरको आफ्नो मनपर्ने खानेकुरा जित्न सक्नेछन् । यसका लागि विजेताले एप अथवा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी खाना मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्तीको भनाई छ ।
उनका अनुसार, नेपालीको महान चाडबाड नजिकिए सँगै अझै क्रमश विभिन्न अफरहरु ल्याउदै जाने लस्करको योजना रहेको छ । तोकिएको समय सीमाभित्रै अर्डर गरिएका गुणस्तरीय खानेकुरा डेलिभरी गर्ने उद्देश्य राखेको लस्करले निःशुल्क डेलिभरी सेवा दिदैँ आएको छ ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल भुक्तानीको व्यवस्था समेत रहेको लस्करबाट खाना अर्डरका लागि ग्राहकले ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन अथवा लस्कर फुड एपको प्रयोग पनि गर्न सक्छन् ।