काठमाडौँ– बेदुराम भुसाल नेकपा (एकिकृत समाजवादी) को महासचित बन्ने पक्कापक्की भएको छ ।
सचिवालयको बैठक भुसाललाई महासचिव बनाउने सहमतिमा जुटेको स्रोतले जनाएको हो ।
उक्त सहमति प्रस्ताव पेस भएपछि भुसाल महासचिवमा नियुक्त हुने बुझिएको छ ।
महासचिवको पदमा भुसालसंगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दाबी गरेका छन् ।