काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताएका हुन् । उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो दल विभाजनसम्बन्धी अध्यादेशछ, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ र सरकारले पूर्णता पाउँछ । अब हामी यसलाई चाँडै गर्छौं, ढिलो भइसक्यो ।’

त्यस्तै उनले मन्त्रालयको बाँडफाँडमा सहमति पनि नभएको बताए । वर्तमान सरकार गठन भएको लामो समय हुदा पनि मन्त्रिपरिषद्ले पुर्णता पाउन नसक्दा गठबन्धन दलको आलोचना भइरहेको छ ।