काठमाडौं  – उत्तर कोरियाले  अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अकुस सम्झौतामा आक्रोश जनाएको छ ।  उत्तरले सुरक्षा चुनौती थप्ने काम भएको भन्दै आक्रोश जनाएको हो ।


ADVERTISEMENT


यसअघि यस अकुस  सम्झौताको फ्रान्स र चीनले आक्रोश  जनाएका थिए ।


ADVERTISEMENT

# # #


हाल उत्तरले यो सम्झौतापछि अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यदि यसबाट उत्तर कोरियाको सुरक्षामा असर पर्छ भने उत्तर कोरियाले यसविरुद्ध उपाय खोज्नेसमेत बताएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा भनिएको छ ‘अमेरिका, बेलायत र अस्ट्रेलियाबीच यो सम्झौता ‘निकै खतरनाक कारवाही’ हो जसले एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलनलाई नष्ट गर्नेछ र ‘हतियारको दौड’लाई बढावा दिनेछ ।’

अधिकारीका अनुसार उत्तर कोरियाले सूक्ष्म रुपमा यो सम्झौताको निरीक्षण गरिरहेको छ र ‘यदि यसले उत्तर कोरियाको सुरक्षामा सानो पनि नकारात्मक असर’ देखिएमा यसविरुद्ध कारवाही गर्नेछ ।

अकुस  सम्झौता भनेको अमेरिकाले अस्ट्रेलियालाई कम्तीमा ८ परमाणु ऊर्जाले संचालित पनडुब्बी दिने कुरा हो ।