काठमाडौँ– विगत केहि समयदेखि प्रतिनिधिसभाको बैठकमा एक अजिव किसिमको रमिता देख्न पाइरहेको छ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकपछि एमालेले लगातार नाराबाजी गर्दै आएको छ । बैठक शुरु हुनासाथ एमाले कार्यकर्ताले उभिएर नाराबाजी गर्दै बैठक अवरोध गर्ने गरेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएसम्म संसदभित्रको सो अवरोध जारी राख्ने घोषणा समेत गरिसकेका छन् ।


ADVERTISEMENT


यसैगरि, आजको दृश्य पनि कुनै रोचक दृश्यभन्दा कम छैन । संसदमा हाल एकातर्फ एमालेको अवरोध र, अर्कातर्फ संसद कार्यसूची प्रक्रिया अघि बढिरहेको देखिन्छ । सभामुख अग्निप्रसाद सापकोटाले विपक्षलाई छलफल र वार्तामा आउन आग्रह गर्दा पनि नआएपछि उनले पनि विनियोजन संसदको कार्यसूची प्रक्रिया अघि बढाएका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभामा आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची अनुरुप विनियोजन विधेयकमाथि छलफल शुरु भएको हो ।

सभामुख सापकोटाले एमालेको नाराबाजीकाबीच नै छलफल अगाडि बढाएका हुन् । सोमबार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।