काठमाडौं सरकारले दिने गरेको विभिन्न तक्मा र उपाधिको गरिमा घटिरहको छ । यसरी तक्मा र उपाधिको गरिमा घट्नुको कारण भनेको सरकारका नजिकका आसेपासे र सरकारमा भएका दलका नेताका श्रीमती,भाइभतिजा, दाजूभाइ र उनका नातागोतामा दिइने गरिएकोले हो ।


ADVERTISEMENT


यसवर्ष पनि सरकारले स‌ंविधान दिवसका अवसरमा दिन लागेको तक्मा र उपाधि विभिन्न क्षेत्रका चिनिएका हस्तीहरुले अस्वीकार गरिदिए । गतसाल केपी शर्मा ओलीको सरकारले दिन लागेको तक्मा पनि धेरै व्यक्तिहरुले अस्वीकार गरिदिएका थिए । हाल देउवा सरकारले दिने तक्मा पनि दलका नेताका भाइभारदारमा बाँढिएको छ । जो देख्दा लज्जाले शिर निहुराउनुको विकल्प हुँदैन ।


ADVERTISEMENT

# # #


 संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गरेकी छिन्। नेपालको संविधानको धारा २७७ को उपधारा १० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्।

नेपाल रत्न एक दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ। त्यसैगरी राष्ट्र गौरव दुई जना विभुषित गरिने भएको छ। राष्ट्र गौरवबाट दिवंगत सुवर्षण शम्शेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाल विभुषित हुने भएका छन्।

यता महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणादेखि दिवंगत स्वरसम्राट नारायण गोपालसम्म परेका छन्। सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी ३९ जनालाई प्रदान गरिने भएको छ। जसमा प्रदीप नेपालदेखि पिएलसिंहसम्म परेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले घोषणा गरेको विभुषण तथा पदकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल पनि परेकी छन्। उनलाई सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्रीले विभुषण गर्न लागेको हो। यो विभुषण पाउनेको ३६ औं नम्बरमा सीताको नाम छ।

यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत बुवा मंगल कुमार उपाध्याय प्रवल जनसेवाश्रीबाट सम्मानित हुने भएका छन्। गौरस्थित श्री ३ जुद्ध हाइस्कुलको प्रधानाध्यापक र रौतहट क्याम्पसको पूर्वक्याम्पस–प्रमुख समेत रहेका उनलाई साहित्यकारका रुपमा उक्त पदक प्रदान गर्न लागिएको हो।

सरकारले घोषणा गरेको विभिन्न पदक पाउनेमा पत्रकारहरु पनि समेटिएका छन्। जसमा कांग्रेसी पत्रकारहरुको वर्चस्व छ । जसमध्ये सुप्रवल जनसेवा श्री पदकबाट तारानाथ दाहाल, डा सुरेश प्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरि बहादुर थापा विभूषित हुनेछन्। जसमा तारानाथ दाहाल र सुरेश आचार्य कांग्रेसी पत्रकार हुन्। यता हरिबहादुर थापाले भने पदक अस्विकार गरेका छन्।

प्रवल सेवा श्री पदकबाट पत्रकार कविर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणी पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा बालकृष्ण चाँपागाई, भिष्मराज ओझा, शालिकराम सुबेदी, गोविन्द धिताल, माधव ढुङगाना, प्रकृती अधिकारी, गिरीराज निरौला विभूषित हुने उल्लेख छ।

 त्यस्तै झलनाथ खनाललाई राष्ट्रगौरव, प्रधानन्यायाधीश राणालाई महाउज्ज्वल राष्ट्रदीप प्रदान गरिनेछ ।

त्यसैगरी नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभात कुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापकोटा, नगेन्द्र उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजाकुमार यादव, आकांक्षा शाह, नरेन्द्र कुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी जनसेवा श्री पदकबाट विभूषित हुनेछन्।

सूचीमा रहेका अधिकांश पत्रकार कांग्रेस समर्थित प्रेस युनियनका हुन्। उनीहरु प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। बद्री सिग्देल प्रेस युनियनका अध्यक्ष हुन् भने अजयबाबु शिवकोटी महासचिव।

चर्चित कार्टुनिस्ट रविन सायमीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नका लागि घोषणा गरेको विभुषण अस्विकार गरेका छन्। संविधान दिवसको अवसरमा आज राष्ट्रपति भण्डारीले ९०५ जनालाई विभुषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन्।

नागरिक दैनिकमा आवद्ध सायमीको नाम प्रवल जनसेवाश्री पाउनेको ६६ नम्बरमा उल्लेख छ। उक्त विभुषण आफूले ग्रहण नगर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्। सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु, उनले भनेका छन्।