खोटाङ – निरन्तर स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा काम गर्दै आएको  पर्शुराम राई प्रतिष्ठानले खोटाङका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा  स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिरहेको छ ।


ADVERTISEMENT


प्रतिष्ठानले विद्यालयहरु सञ्चालन भएसँगै कोभिड रोकथाम तथा नियन्त्रण र विद्यालय जान प्रेरित गर्न ती सामग्रीहरु वितरण गर्न सुरु गरेको हो।


ADVERTISEMENT

# # #


शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालिका माविमा कार्यक्रम गरी छ वटा माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्दै उक्त अभियानको सुरुवात गरिएको प्रतिष्ठानका सचिव ईन्द्रकुमार राईले जानकारी दिए।

राईका अनुसार कालिका माविसहित विद्दोदय मावि दोर्पा, अन्नपूर्ण मावि बुवालुङ, मनकामना जनकल्याण मावि निर्मलीडाँडा, सरस्वती मावि पाथेका र महेन्द्रोदय आधारभूत विद्यालयलाई एकसाथ सामग्री वितरण गरिएको छ।

छ वटा माविलाई १० हजार माक्स, ५ लिटरको २४ जार सेनिटाइजर र प्रत्येक विद्यालयलाई भलिवल र नेट १,१ थान, सानो भलिवल २,२ वटा र ३,३ वटा फोहोर संकलनका लागि ठूलो डस्टबिन वितरण गरिएको छ। माक्स र सेनिटाईजर भने विद्यालयहरुले बाँडफाँड गर्नेछ।

नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिवल २,२ वटा, टिटि ब्याटरबल २,२ वटा, पम्म १,१ वटा र फोहोर संकलनका लागि ठूलो डस्टबिन ३र३ वटा वितरण गरिएको छ।

स्वास्थ्य तथा खेलकुद सामग्री प्रतिष्ठानका सल्लाहकार आरके दाहाल, अरबिका थापा, संरक्षक टंकबहादुर श्रेष्ठ र रविन चाम्लिङ, उपाध्यक्ष चन्द्रकुमारी राई लगायतले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।