काठमाडौ‌ं – यस वर्ष पनि हरेक वर्ष भाद्र शुल्क द्वादशीदेखि भाद्र कृष्ण तृतीयासम्म मनाइने इन्द्रजात्रा सुरु भइसकेको छ । धार्मिक एवं परम्परागत महत्व बोकेको इन्द्रजात्राको शुरुआत इन्द्रको मूर्तिस्वरूप इन्द्रध्वजोत्थानसँगै येंयाः (इन्द्रजात्रा) सुरु भएको हो ।


ADVERTISEMENT


संस्कृतिविद् अजयक्रान्ति शाक्यका अनुसार नेपाल भाषामा इन्द्रलाई यमाद्य भनिन्छ भने याः भनेको जात्रा हो, त्यसैलाई छोटकरीमा भन्दा ‘येंयाः’ भनिएको हो । शुक्रबारदेखि नै काठमाडौंको चोक–चोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको थियो ।


ADVERTISEMENT

# # #


यही परम्पराअनुसार हिजो बिहान हनुमानढोका दरबार क्षेत्र कालभैरवको अगाडि यः सिं द्यः ठड्याएर यस वर्षको पर्वको शुरुआत गरिएको छ । इन्द्रजात्रा वास्तवमा येंया पुन्हिको एउटा अशं मात्र हो ।

यःसि द्य ठड्याएपछि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवीनाच, महाकाली नाच, आकाश भैरव, सम्यबजी सजाएर राख्नेलगायतका परम्परागत सांस्कृतिक मूर्ति तथा नाचलगायतका धार्मिक गतिविधि हुने गर्दछन् । त्यसैले, इन्द्रजात्रा एउटा मात्र उत्सव होइन, थुप्रै उत्सवको संगालो हो भन्न सकिन्छ ।

इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिंगो ठड्याउनु हो । यो लिंगो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ । यही लिंगोमा अंकित पाताहरूमा सुनको जलप र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा बनाइन्छ । यही दिन नै श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।