भक्तपुर– बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ ।


ADVERTISEMENT


चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुननसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी चाँगुनारायण नगरपालिका– ५ खरिपाटी घुमाउनेमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
दाङ घर भई हाल खरिपाटीकै जयशङ्खर इँटाभट्टामा काम गर्दै आएका अन्दाजी ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रसार्इंले जानकारी दिए ।

चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।