काठमाडौँ– भोलीबाट ‘डान्स मास्टर लिल च्याम्प्स’ को अडिसन खुल्ने भएको छ । यो नेपालमै बालबालिकालाई लक्षित गरेर आयोजना गरिएको पहिलो डान्सिङ प्रोग्राम हो ।


ADVERTISEMENT


उक्त प्रतियोगितामा ४ देखि १४ वर्ष सम्मका उमेर समूहले भाग लिने पाउनेछन् । सोको अडिशन असोज २ बाट हुने भनिएपनि प्रशारण भने कात्तिकबाट मात्रै शुरु हुने शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार, इच्छुक बालबालिकाले डिजिटल मार्फत आफ्नो अडिसन दिन सक्छन् ।


ADVERTISEMENT

# # #


यसरी दिऔँ अडिसन

इच्छुक बालबालिकाले सोमा भाग लिनका लागि प्रभु पे एप डाउनलोड गर्नुपर्ने हुन्छ । भण्डारीका अनुसार, उक्त एप मार्फत नै बालबालिकाले डिजिटल अडिसन दिन सक्नेछन् ।

नायिका रीमा विश्वकर्मा तथा कमेडीयन सुमन कोइरालाले सञ्चालन गर्न लागेको यस शोको निर्णायक मण्डलमा नृत्यांगा तेरिया मगर, रोहिया महर्जन, सुरेन राई रहनेछन् भने, नायिका सारंगा श्रेष्ठ सुपर जजको रुपमा रहने बताइएको छ ।