धनुषा– मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


ADVERTISEMENT


पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परेर स४प ७९२६ नंको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहा बस्ने ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार लु ७२प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । रासस