काठमाडौँ– नेपालले चीनसंग खरीद गरेको कोभिड–१९ विरुद्धको ६० लाख खोपमध्ये ४४ लाख खोप नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


खरीद सम्झौता अनुरुप चीनबाट यसअघि नै नेपालले १६ लाख भेरोसेल खोप ल्याइसकेको थियो । त्यसैअन्र्तगको बाँकी अन्य ४४ लाख खोप भने शुक्रबार त्रिभुवन विमानस्थल आइपुगेको हो ।


ADVERTISEMENT

# # #


चीनबाट आइपुगेको उक्त खोप खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले जनाएका छन् । अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न गरिने उनको भनाई छ ।

उनका अनुसार, हाललाई हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । जसमध्ये ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ भने, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।

उसैगरी उपत्यका लगायत मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षभन्दा माथिका नागरिकलाई पनि यो खोप दिइनेछ भने, १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका कुनै पनि समूहलाई यो खोप वितरण गरिने उनले जनाए ।