सिरहा – नेपाली समाज रुपान्तरणको चरणमा नै भए पनि अझै पनि पूर्ण रुपान्तरण हुन सकेको छैन । नेपाली महिलाहरुलाई बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र कोच्याउने तथा शारीरिक प्रताडना दिने काम बन्द भएको छैन ।


ADVERTISEMENT


यसैबीच बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । यस्ता जघन्य अपराधमा पनि नेपालमा दोषीमाथि कानुनी कारबाही कमै मात्र भएको पाइन्छ ।


ADVERTISEMENT

# # #


स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपिट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।