एजेन्सी – चीनकाे सिचुआन प्रान्तमा आज एकबिहानै  ठूलो भूकम्प गएको छ ।


ADVERTISEMENT


चिनियाँ समाचार समिति सिन्ह्वाले जनाए अनुसार स्थानीय समयअनुसार बिहान साँढे ४ बजे भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


सो हादसामा परी हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएको को बताइएको छ  ।

दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार मृतक र घाइते सबै लुसिआन काउन्टीको फुची टाउनशिपअन्तर्गत काओपा गाउँका हुन् । आजको भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराईमा गएको बताइएको छ ।

भूकम्पपछि उद्धार कार्य शुरु भएकाले क्षतिको पूर्णविवरण भने आइ सकेको छैन।