रसुवा – बाढी पहिराका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ ।


ADVERTISEMENT


सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।


ADVERTISEMENT

# # #


डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५÷३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताए ।

साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ । दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् ।

बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताए । रासस