बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चूनावमा माओवादीले वडा पनि नजित्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार बुटवलमा आयोजित सभामा उनले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केही सिट जितेको भन्दै अब वडा पनि नजित्ने दाबी गरेका हुन् । ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताए ।


ADVERTISEMENT

# # #


नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गरे । ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी पनि गरे । उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको जिकिर गरे ।

त्यस्तै उनले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको टिप्पणी गरे ।