काठमाडौँ– पेशाले नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


कन्काइस्ट राईको सङ्गीत र स्वर सजिएको यस गीत राईकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय देख्न सकिन्छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन् ।
सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेको छ । त्यस्तै यो भिडियोको निर्देशन भने प्रदीप हमालले गरेका छन् ।

देशप्रति असीम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चीकै उच्च कोटीको राष्ट्रिय गीत भएको बताइएको छ । देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ ।

 तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र सार्वजनिक भइसकेका छन् ।

भिडियो हेर्नुहोस् :