वीरगञ्ज– नेपाल–भारत रेल्वे सम्झौतापछि पहिलो पटक कार्गाे रेल नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको हो ।


ADVERTISEMENT

# # #


उक्त रेल आज हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनरसहित बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् ।

वि.सं २०६१(सन् २००४) सालमा २००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। जसकारण भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । तर, गत जुलाई २०२१ मा भएको रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेकाले हाल यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउँछन्।

योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ।