काठमाण्डौं-दुई दिनको अवधिमा भक्तपुरका चार छुट्टाछट्टै स्थानमा एक जना विदेशीसहित चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा बंगलादेशको नागरिक ३४ वर्षीय हसन फेरोदोस अचानक बेहोस भएको र उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको हो।


ADVERTISEMENT

# # #


परिसरका प्रवक्ता कृष्ण प्रसाईका अनुसार सूर्यविनायक नगरपालिका ८ जगातीमा धादिङ बैरेनी ९ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय शम्भु खत्रीलाई महानगरीय प्रहरी वृत्त जगातीको मोवाइल टोलीले अचेत अवस्थामा फेला पारी भक्तपुर अस्पताल लगेकोमा डाक्टरले मृत्यु भइसकेको घोषण गरेको थियो।

यसैगरी ओखलढुंगा घर भइ हाल सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने ३२ वर्षीया सरिता सार्की बेलुका खाना खाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रवक्त प्रसाईले बताए।

यस्तैगरी सूर्यविनायक नगरपालिका ९ भातेढिकुरस्थित होटल भ्यूमा लेवर काम गर्ने र होटलको छाप्रोमा बस्ने उदयपुर त्रियुगा नगरपालिका १६ को ३० वर्षीय नवराज राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी सबै घटनाहरूबारे थप अनुसन्धान भइरहेको छ। – आजको नागरिकबाट