काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।


ADVERTISEMENT


मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT

# # #


ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो ।

खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट स्कोर उकासेका थिए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । १ रन बनाएका सुशान भारी नटआउट रहे ।