वासिङटन – अफगानिस्तानबाट २० वर्षपछि आफ्ना सेना पूर्ण रुपमा फिर्ता गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियतामा गिरावट आएको विज्ञहरुको भनाइ छ ।


ADVERTISEMENT


अफगानिस्तानबाट सेना फिर्ता गरेपछि उनको लोकप्रियता ह्वात्तै घटेको विज्ञहरुले बताएका हुन् । राष्ट्रपति बनेपछि पहिलो पटक बाइडेनको लोकप्रियतामा ५० प्रतिशत गिरावट आएको बताइएको छ ।


ADVERTISEMENT

# # #


जसले गर्दा आगामी हुने मध्यवर्ती चुनावमा धक्का पुग्नसक्ने विज्ञहरुको प्रक्षेपण छ । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता ल्याउने बाइडेन प्रशासनको निर्णयको विरोध रिपब्लिकन पार्टीका नेताले मात्र नभई डेमोक्रेटिक पार्टीका नेताहरुले समेत गरेका थिए ।

अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएपछि उनले आफ्नै पार्टीका शीर्ष नेताहरुको पनि विरोध झेल्नु परिरहेको अधिकारीहरुले जनाएका छन् । जसको कारण उनको लोकप्रियताको रेटिङ मंगलबारसम्म ५० प्रतिशतले घटेको बताइएको छ । समाचार अन्नपूर्णपोष्ट दैनिकबाट ।