काठमाडौं– ‘रियलमी इको सिस्टम डिजोको’ पहिलो ब्राण्ड नेपालमा पनि भित्रिएको छ ।


ADVERTISEMENT


आइतबार एक समारोहबीच डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्राण्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, ‘डी–जो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो ।

आफ्ना उपभोक्ताहरुलाइ. सामाजिक रूपबाट सक्रिय एवम् अद्वितीय बनाउन कम्पनीले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने लेभलको टेक्नोलोजी प्रस्तुती दिएको बताएको छ । यसले उपभोक्ताहरुलाई सशक्त बताउने र उनीहरुको व्यक्तित्वको विस्तार हुने कम्पनीको विश्वास छ ।

यस्तै, डीजोकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा बढावा दिइएको कम्पनीको दाबी छ । डीजोले सबैलाई आफुले वाचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको छ । डीजोले रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागी ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्धता गर्दै आएको छ ।

एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु नै डिजोको फोकस रहेको बताउँदै यसले उपभोक्ताको दैनिकीलाई सहज बनाउने कम्पनीले जनाएको छ । हाल बजारमा कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ । जसमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ ।

यस्तै, अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।
एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् ।

यिनीहरुको मुल्य क्रमशः रु. २०७८, २८७८, ६०६९, २८९९ र स्मार्ट घडीको मूल्य रु ६४६४ रहेको छ ।