सुर्खेत – सुर्खेतका विभिन्न स्थानबाट फरक–फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


वीरेन्द्रनगर नगरनगरपालिका–४ सुर्खेत निवासी ५५ वर्षीय एक महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको जनाउँदै विसं २०७८ साउन २६ गते जिप्रकामा निवेदन हालेकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आइतबार सुर्खेतबाट तीन व्यक्तिलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । त्यससँगै बरामद भएका विभिन्न सामान पनि प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्ने प्रतिवादीमा वीरेन्द्रनगर नगरपालिका–५ का १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नं वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार रहेको प्रनाउ घर्तीले जनाए ।

दशीका आधारमा बरामद मालसमानसमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरवा औँठी, एक थान पत्थर भएको सुनको औँठी, एक थान एलइडी टिभी, एक थान ३२ इञ्चको टिभी र एक थान खुँडा रहेको जिप्रकाले जनाएको छ ।