मकवानपुर – नेपाली कांग्रेस १४ महाधिवेशनमा होमिइसकेको छ । देशैभरका कांग्रेसजनमा महाधिवेशनको चटारो थपिएको छ । यसैबीच मकवानपुर १ (क)को क्षेत्रीय सभापतिमा सुवात सिंह थिङले उम्मेद्वारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेका थिङ लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी शिक्षक पेसाबाट अवकास भएपछि कांग्रेसको राजनीतिमा होमिएका हुन् । उनी ४९ सालदेखि कांग्रेसको राजनीति लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् ।


ADVERTISEMENT

# # #


देशमा बहुलद आएपछि मकवानपुर जिल्लाको तत्कालीन गढी गाविसबाट वडा सदस्यमा उम्मेद्वारी दिएका थिङ हाल मकवानपुर १ (क)को क्षेत्रीय सभापतिका आकांक्षी रहेका छन् ।

उसो त थिङ ७४ सालमा भएको प्रतिनीधि सभामा नेपाली कांग्रेसले बहुमत पाएको भए जिल्ला सभापतिको संयोजक हुने थिए । पार्टीले बहुमत नपाएका कारण उनको लामो राजनीतिक यात्रा र अनुभव थोरै मात्र मकवानपुरका बासिन्दाले अनुभव गर्न पाए  ।

उनी १३ औं महाधिवेशनबाट मकवानपुर क्षेत्र नं १ को कबाट क्षेत्रीय सचिव भएर काम गरिसकेका व्यक्तित्व भएका कारण उनीसँग सभापतित्व सम्हाल्न सक्ने लामो अनुभव छ ।

हाल सोही क्षेत्रका क्षेत्रीय उपसभापति दिल्ली प्रसाद घोर्सानी पनि सभापतिका आकांक्षी रहे पनि उनी गाउँपालिका सभापतिको तयारीमा छन् । क्षेत्रीय सचिव रहिसकेका थिङ भने सभापतिको दौडमा लागेका छन् । सो क्षेत्रका सभापति पहिले इन्द्र बानियाँ रहेका थिए ।