काठमाडौ‌ं – आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना कायमै छ ।


ADVERTISEMENT


आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी भने नपर्ने मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

काठमाडौ‌ं उपत्यकामा पनि दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उनले बताइन् ।

ठूलो  पानी नपरे पनि जमिन गलेका भिरालो जमिनमा सुक्खा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुने पनि बताएका छन् ।