झापा – झापाको भद्रपुरबाट एक युवक ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं ८ बस्ने २२ बर्षीय सुमन तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरीले तामाङलाई पक्रिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

तामाङको साथबाट चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो लिसाईलो लागु औषधीय पदार्थ १५ ग्राम ७ सय मिलिग्राम फेला परेको हो ।

तामाङलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको थापाले जानकारी दिए ।

तामाङलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई थप कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।