ललितपुर– ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा एक वृद्धाको सफल रुपमा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सम्पन्न गरिएको छ।


ADVERTISEMENT


ललितपुर खोकनाकी ९७ वर्षीय गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि (हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया) सफल भएको हो।


ADVERTISEMENT

# # #


शाहीको शल्यकिया अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीको हाइ केयरमा भएको थियो ।

झण्डै शाताब्दी उमेरको वृद्धा त्यसमाथि पनि मुटुरोग हुनुले शाहीको शल्यक्रियामा केहि चुनौती रहेको बताउँदै डा. आमात्यले भने, ‘हामीले हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौं । र, यो सफल पनि भयो । यसलाई दूर्लभ नै मान्नुपर्छ ।’

सामान्यतयाः चिकित्सकहरुले वृद्धा र मुटु रोगीलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै नदिने उनी बताउँछन् । ‘तर, पनि शाहीको परिवारले हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो । हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं’, उनले भने, ‘उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम थालेका हौँ र, सफल पनि भयौ ।’

डा. आमात्यका अनुसार, वृद्धाको मुटु सुन्निएको र धड्कन पनि कम थियो । ‘त्यसैले हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो । हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौं’, उनले सुनाए ।

शल्यक्रिया सफल भएपछि बिरामी शाही पनि निकै खुशि छिन् । उनी भन्छिन्र्, मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो ।’

शाहीको हिपको जोर्नी केही वर्षअघि लडेर भाँचिएको थियो । त्यसपछि उनी उपचारका लागि भौतारिएकी थिइन् । अन्ततः उनको हिमीआर्थोप्लाष्टि अल्कामा सफल भएको छ । हिपको जोर्नी फेरेपछि हाल उनी अस्पतालबाट डिचार्ज भइसकेकी छिन् ।