काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार अवरुद्ध भएको प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री देउवाले संसदलाई प्रभावकारी रुपमा अघि बढाउन एमालेले सहयोग गर्नुपर्ने बताएका हुन् । यसरी कति दिन संसद चल्छ भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘ओलीजीलाई सोध्नुहोस्’


ADVERTISEMENT

# # #


पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरिएको कारबाही सभामुख अग्नि सापकोटाले सदर नगरेको र गैरसांसदलाई संसद बैठकमा राखेको भन्दै एमालेले लगातार बैठक संसद अवरुद्ध गरिरहेको छ ।