इटहरी– नेपाली काँग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारमा भिड्ने भएका छन् ।


ADVERTISEMENT


उनले आफु महाधिवेशनमा जिल्ला सभापति उम्मेदवारीमा उठ्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला दुई पटक जिल्ला सभापति भइसकेका छन् । बिधानत जिल्ला सभापति उठ्न नपाउने भएपछि उनी प्रदेश १ को अध्यक्ष हुने तयारीमा लागेकाले जिल्ला सचिव भण्डारी भने सभापतिमा उठ्न लागेको बताइएको छ । उनलाई अन्यको तुलनामा बलिया दाबेदार उम्मेदार पनि मानिएको छ ।

यसका लागि भण्डारीले पार्टी संस्थापन इतर पक्षका भण्डारीले सभापतिमा निर्वाचित हुने विश्वास सहित कार्यकर्ता माझ भेटघाट तीव्र बनाएका छन्। देशभरमा सबैभन्दा काँग्रेस बलियो सुनसरीमा देखिएकोले काँग्रेसलाई कमजोर हुन नदिने प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारीको यात्रालाई अघि बढाएका छन् ।

उनी भन्छन्, ‘जिल्ला सभापति हुनेमा म ढुक्क छु। सकेसम्म सहमतिकै प्रयास भइरहेको छ। निर्वाचन भयो भने पनि म तयारै छु। सुनसरीमा काँग्रेसको जुन गढ बनेको छ यसलाई जगाइराख्ने मेरो मुख्य जिम्मेवारी हो । म काँग्रेसलाई कमजोर हुन दिन्न ।’