काठमाडौँ – प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक मंगलबार (पर्सी)सम्मका लागि स्थगित गरेका हुन् ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नारावाजी गर्दै अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले भदौ २९ गते दिउँसो १ बजे बस्नेगरि बैठक स्थगीत गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गरेका थिए । सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए । तर एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै विरोधलाइ निरन्रता दिएको थियो ।

यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गरेका थिए । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

तस्बिर : रासस