काठमाडौं – नेपालमा पहिलो पटक क्यालिबर अटोमोबाइल कम्पनीले चीनबाट दूहान (DOOHAN) ब्रान्डको बिश्वकै पहिलो र प्रख्यात – Three wheeler Smart Electric Scooter (थ्री ह्वीलर स्मार्ट इलेक्ट्रिक स्कुटर) भित्र्याएको छ ।


ADVERTISEMENT


हाल यी स्कुटरका  चारवटा मोडलमा उपलब्ध छन् ।


ADVERTISEMENT

# # #


थ्री ह्वीलचियर सेजमेन्ट (Three wheeler segment )मा  iTank र iTango (आइट्यांक र आइट्यांगो) मोडेल रहेका छन् ।

साथै क्लासिक उर्वान स्कुटर सेजमेन्ट (Classic Urban Scooter segment ) मा  URANUS र E- SWAN (युरेनस र स्वान ) मोडेल छन् ।

यिनीहरु विभिन्न आकर्षक कलरमा दुई लाख एकतीस हजार नाै सय (२,३१,९००) देखि  तीन लाख उनान्सत्तरीहजार नाै सय (३,६९,९०० ) सम्मको बजार मुल्यमा उपलब्ध हुनेछन् ।

निकट भविष्यमा अझ नयाँ र परिमार्जित मोडेलहरुमा पनि उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ ।

यी स्कुटरहरु लामो समय सम्म चल्ने र पर्यावरण मैत्री पनि छन् । यसमा रहेको ३ हाइड्रोलिक ब्रेक र उल्टो गियरले अधिक स्थिर र सुरक्षित सँग सवारी गर्ने सहज बनाउँछ ।

यी स्कुटरहरु एकपटक चार्ज गरेपछि ४५ देखि ७० किलाेमिटरसम्म कुद्न सक्छन् ।  यी स्कुटर एक शक्तिशाली १२०० वाट बश बिजुली मोटर रियल व्हीलमा एकीकृत छ । जसले यात्रामा झन्झट हुनबाट बचाउँछ ।

सबैभन्दा महत्वपूर्ण कुरा यसको  एडभान्स इन्टिलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले दुहानलाई नेपालको स्मार्ट , विश्वसनीय र दिगो विद्युतीय स्कुटर बनाउने कम्पनीकाे विश्वास छ ।

यसको यसको आधिकारिक बिक्री ज्ञानेश्वरमा रहेको आफ्नो शोरुम क्यालिबर अटो मोबइलमार्फत हुने कम्पनीले बताएको छ ।