काठमाडौं – नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार १ सय ३७ पिसिआर परिक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।