काठमाडौं – गरिमा विकास बैंकका ग्राहकहरूले ‘द एभरेष्ट होटल’मा विशेष छुट पाउने भएका छन् ।  बैंक र ‘द एभरेष्ट होटल’बीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।


ADVERTISEMENT


सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटलको सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहक महानुभावहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जनाएको छ।