काठमाडौं- नेपालमा यशवन्त र निमेश अग्रवालको  (क्यालिबर अटो मोबइल कम्पनी)ले इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको छ ।


ADVERTISEMENT


नेपालमा पहिलो पटक क्यालिबर अटोमोबाइल कम्पनीले चीनबाट दूहान ब्राण्डको बिश्वकै पहिलो र प्रख्यात थ्री ह्वीलर स्मार्ट इलेक्ट्रिक स्कुटर भित्रयाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, हाल चार मोडलमा स्कुटरहरु उपलब्ध छन् । जसअन्र्तगत थ्री ह्वीलर सेग्मेन्टमा आईट्याङक र आईट्याङगो मोडल रहेका छन् । यसैगरि, क्लसिक अर्वन स्कुटर सेग्मेन्टमा युरानस र ई–स्वान मोडलका स्कुटरहरु रहेका छन् ।

उपलब्ध स्कुटरहरु विभिन्न् आकर्षक रंगहरुमा उपलब्ध हुने जनाइएको छ । स्कुटरहरु २ लाख ३१ हजार नौ सयदेखि ३ लाख ६९ हजार नौ सयसम्मको बजार मुल्य उपलब्ध हुने जनाइएको छ ।

निकट भविष्यमा अझ नयाँ र परिमार्जित मोडलहरु पनि ग्राहकहरुका लागि उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको  छ ।

यी स्कुटरहरु लामो समयसम्म चल्ने र पर्यावरणमैत्री रहेको कम्पनीको दाबी छ । यसमा रहेको ३ हाइड्रोलिक ब्रेक र उल्टो गियरले अधिक स्थिर र सुरक्षितसँग सवारी सहज बनाउँछ ।

यी स्कुटरहरु एकपटक चार्ज गरेपछि ४५ देखि ७० किलाेमिटरसम्म कुद्न सक्छन् । यसको एडभान्स इन्टिलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले दुहानलाई नेपालको स्मार्ट , विश्वसनीय र दिगो  विद्युतीय स्कुटर बनाउने कम्पनीकाे विश्वास छ ।

यसको आधिकारिक बिक्री ज्ञानेश्वरमा रहेको आफ्नो शोरुम क्यालिबर अटो मोबाइल मार्फत हुने कम्पनीले बताएको छ ।