काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेकी छन् ।


ADVERTISEMENT


उपाध्यक्ष फातिमा सुमार हिजो नेपाल भित्रिएसँगै उनको दौडधुप बढेको छ ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष फातिमा सुमारको टोली भेटवार्ताका लागि शुक्रवार बिहानै प्रचण्ड निवास खुमलटार पुगेको हो ।

सुमारले बिहीवार नै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरीसकेकी छन् ।

एमसीसी उपाध्यक्ष सुमार लगायतको टोलीले शुक्रवार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।