काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढिसकेको छ । महामन्त्री पदमा गगन थापा र विश्व प्रकाश शर्माको भेट हुने लगभग पक्का भइसकेको छ ।


ADVERTISEMENT


यसैबीच काठमाडौंको जिल्ला सभापतिमा राजु श्रेष्ठले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका संस्थापक बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी सङ्ग्रहालयले गरेको कार्यक्रममा श्रेष्ठले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।

 देशैभरका कांग्रेस कार्यकर्ता महाधिवेशनको तयारीमा होमिइसकेका छन् । कांग्रेसले आगामी ९ देखि १३ मंसिरमा महाधिवेशन गर्दैछ ।