काठमाडौं – राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।


ADVERTISEMENT


वस्नेत २०७० जेठबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खेपिरहेका थिए । उनीमाथि अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । करिब आठ वर्ष मुद्दा खेपेपछि उनलाई सर्वोच्चले क्लीन चिट दिएको छ । उनले उच्च अदालतबाट पनि सफाई पाएका थिए । तर, विभागले उनीमाथि ज्यादती गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले पनि बस्नेतलाई सफाई दिएको छ । यसैबीच बस्नेतले हुँदै नभएको मुद्दामा मलाई दश वर्षसम्म अदालत रिँगाउने काम भएको छ । त्यसको क्षतीपूर्ति कसले दिने हो भनी प्रश्न गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो ।

मुद्दा चल्दाताका उनी युवा संघको सचिव थिए । हाल उनी ४० वर्ष उमेर हदका कारण युवा संघबाट बिदा भएर खेलकुद महासंघ तथा एमाले मोरङको राजनीतिमा छन् ।

सफाई पाएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् :

राजनीतिक तथा सामाजिक जीवनमा केही गरौँ, समाजका लागि आफूले सकेको उत्थानमा सहयोग गरौँ भनेर पाइला चालिरहँदा ममाथि झन्डै एक दशकअघि अनर्गल आरोप र झुटा मुद्दा लागेको थियो । देशमा अहिले पनि अदालत छ, निर्दोषलाई न्याय मिल्छ भन्ने आज प्रत्याभूति भएको छ । धन्यवाद सर्वोच्च अदालत !

यो एक दशकको समयमा मलाई कमजोर बनाउन, मेरो यात्रामा तगारो हाल्न आफ्नै सहयात्री भनेकाहरुले मलाई ठूलो धोका दिएस झुटो आरोपमा लगाएर मेरो यात्रालाई रोक्न खोजे ।

तर, देशमा न्याय अझै मरेको छैन, एउटा सामान्य मानिसमाथि लागेको यस्तो झुठो मुद्दाको जित हुँदैन भन्ने आज सर्वोच्चले प्रमाणित गरिदिएको छ ।

सँगसँगै मभित्र केही प्रश्नहरु पनि उब्जिएका छन् । यी प्रश्नको जवाफ यो समाजबाट अपेक्षा गरेको छु मैलेस यो एक दशक यो मुद्दाका कारण मैले खेपेको पीडालाई कसले बुझ्ला ? ममाथि लागेको यो आरोपका कारण मेरो परिवारमाथि भएको सामाजिक, मानसिक तथा अन्य पीडाको के क्षतिपूर्ति हुन्छ ? यही समयमा यो मुद्दा लगाएर मलाई कमजोर बनाउन चाहेकाहरुले गलत रहेछन् भन्ने प्रमाणित भएको छ, उनीहरुमाथि के सजाय हुन्छ ? यही मुद्दाका कारण मैले भोग्नु परेको मानसिक, सामाजिक, आर्थिक, राजनीतिक यातनाको क्षतिपूर्ति मलाई कसले दिन्छ र मैले के पाउँछु ?

हो, अहिले यी प्रश्नहरु मसँग छन् । र, मलाई थप विश्वास भएको छ, गल्ती नगरे अनावश्यक आरोपमा कसैले पनि सजाय भोग्नु पर्दैन ।

फेरि पनि धन्यवाद सर्वोच्च, यो देशको न्याय ।

अनि धन्यवाद मलाई यो समयमा पनि बुझेर र म गलत छैन भन्ने महसुस गरेर मलाई साथ दिनुभएका अग्रज, अनुज तथा साथीहरु । धन्यवाद मेरो परिवारका सबैजना जसले ममाथि झुठो मुद्दा लाग्दा पनि लड्ने साहस र आँट प्रदान गरिरह्यो ।

धन्यवाद तपाईंहरु सबैलाई ।