काठमाडौं – एमसिसी उपाध्यक्ष फातिमा सुमारले नेपालमा पहिलो भेट सरकारका प्रतिनीधिसँग नगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग  गर्ने भएकी छन्। दिउँसो १ बजे भेटवार्ता गर्ने समय तय भएको ओलीको सचिवालयले जनाएको छ।


ADVERTISEMENT


चार दिने भ्रमणमा आएको उपाध्यक्ष सुमार नेतृत्वको टोली सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।


ADVERTISEMENT

# # #


कार्यतालिकाअनुसार एमाले अध्यक्ष ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु भेट्ने कार्यतालिका छ। एमसिसीलाई लिएर नेपालमा चर्काे विराेध भइरहेकाे छ। भ्रम चिर्न सरकारले एमसिसीबारे ११ प्रश्न साेधेकाे थियाे।

(एमसिसी) ले नेपाललाई दिन लागेको सहयोग सामरिक नभएको, नेपालको संविधानभन्दा माथि नरहेको तथा यो सहयोग अमेरिकाको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको नभएको जवाफ पठाएको छ।

एमसिसीले नेपाललाई दिने सहायता सैनिक क्षेत्रसँग असम्बन्धित रहेको, तोकिएको समयमा काम सकियोस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी नेपालको संविधानभन्दा माथि नरहेको र यसका लागि प्रयोग हुने जमिन नेपालकै स्वामित्वमा रहने जवाफमा उल्लेख गरेको छ।

जवाफी पत्रमा उल्लेख छ, ‘नेपालको संविधान एमसिसी–नेपाल कम्प्याक्टभन्दा माथि छ। सबै एमसिसी साझेदार देशसँग सम्पन्न एमसिसी कम्प्याक्ट अन्तरराष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तरराष्ट्रिय सम्झौता हुन्।’ यस्तै एमसिसी तत्काल संशाेधन गर्न नसकिने जवाफ पनि  दिएकाे छ।