ललितपुर – ललितपुर लुभु चेतना चोकबाट महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।


ADVERTISEMENT


३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगर पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई बुधबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी शाखा ललितपुरले जनाएको छ ।

मगरले ती महिलालाई आफ्नै पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।