काठमाडौं – अभिनेत्री ऋचा शर्माले आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी छन् ।


ADVERTISEMENT


विवाहपछि खासै अभिनयमा नदेखिएकी ऋचा कमेडी च्याम्पियनको निर्णायकका रुपमा काम गर्दै आएकी थिइन् । उनले पहिलो सन्तानका रुपमा छोरा जन्माएको बताइएको छ ।


ADVERTISEMENT

# # #


गर्भवती भएको कारण ऋचा कमेडी च्याम्पिएनको सोमा निकै मोटी देखिँदै आएकी थिइन् । यस अघि उनी निकै पातली देखिन्थिन् ।

उनले बच्चा जन्माएपछि उनका फ्यान लगायत अभिनेता अभिनेतृहरुले उनलाई बधाई दिइरहेका छन् । शर्मालाई कमेडी च्याम्पियन परिवारलगायत अभिनेत्री केकी अधिकारीले पनि बधाई दिएका छन् ।