काठमाण्डौं – इण्डोनेसियाको एउटा जेलमा आगलागी भएको छ । जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको हो ।


ADVERTISEMENT


त्यसैगरी सो आगलागीमा परी केही मानिस घाइते पनि भएका छन् । बीबीसीले जनाए अनुसार त्यहाँको बान्टेन प्रान्तको तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको हो । आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदीबन्दी थिए ।


ADVERTISEMENT

# # #


४० जना क्षमता भएको जेलमा १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइएपछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बीबीसी