काठमाण्डौं-अर्जेन्टिनी फुटबलर लियोनल मेसी र श्रीमती एन्टोनेल्ला रोक्कुज्जोले आफूहरूको तेस्रो सन्तान पनि छोरा नै भएको खुलासा गरेका छन् । महिना दिनअघि मात्रै मेसीले श्रीमती रोक्कुज्जो तेस्रो सन्तानका लागि गर्भवती रहेको खुलासा गरेका थिए । उनले आफ्ना दुई छोरा र आफुले रोक्कुज्जोको पेट छोइरहेको तस्बिरसहित सामाजिक सञ्जालबाट आफूहरू तेस्रो सन्तानको आगमनको पर्खाइमा रहेको सार्वजनिक गरेका थिए । पेटको सन्तान छोरा भएको खबर भने श्रीमती रोक्कुजोले सार्वजनिक गरेकी हुन् । उनले आफ्नो जेठो छोरो थिएगोलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने क्रममा आफ्नो तेस्रो सन्तान पनि छोरा भएको खुलासा गरेकी हुन् । ‘ड्याडी, मम्मी, माटियो र तिम्रो नयाँ भाइको तिमीलाई धेरै माया छ । तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना’, रोक्कुज्जोले लेखेकी छन् ।


ADVERTISEMENT


रोक्कुज्जो र मेसी हालै मात्र विवाहबन्धनमा बाँधिएका हुन् । उनीहरूले गत जुन ३० मा आफ्नै सहर रोसारियोमा विवाह गरेका थिए । यद्यपि त्यसअघि नै उनीहरूका दुई छोरा भइसकेका थिए ।
उनिहङका जेठो छोरा थिएगो र अर्को छोरा माटियो छन् । रोक्कुज्जोले जेठो छोरा थिएगो पाँच वर्ष पुगेको अवसरमा जन्म दिनको शुभकामना दिने क्रममा सन्देस लेख्दा आफ्नो तेस्रो सन्तान पनि छोरा नै भएको खुलासा गरेकी हुन् । रोक्कुज्जोले सो सन्देश लेख्ने क्रममा तेस्रो सन्तानबारे भूलवश लेखेको वा जानाजान लेखेको भन्नेबारे भने खुलेको छैन । कतिपयले रोक्कुज्जोले भूलवश पेटमै रहेको आफ्नो सन्तानबारे खुलासा गरेकी अनुमान गरेका छन् ।
रोक्कुज्जोको सोही सन्देशलाई आधार बनाएर अर्जेन्टिनी मिडियाहरूले मेसीको तेस्रो सन्तानको विषयमा समाचार लेखेका छन् । स्पेनिस भाषामा लेखिएको सन्देसमा रोक्कुज्जोले अन्तिममा ‘हर्मानितो’ लेखेकी छन्, जसको अर्थ सानो भाइ हुन्छ ।


ADVERTISEMENT

# # #