काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीकाबारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको र कानूनी प्रक्रिया पूरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।


ADVERTISEMENT

# # #


देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएको भुषालले उल्लेख गरिन्। एसीसीका बारेमा अन्य दलसंगपनि छलफल र सम्बाद गरिने भूसालले जानकारी दिइन् ।

बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिएका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बताइन् ।

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा जानकारी गराएको र बुधबारको संसद बैठकमा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने बताएका थिए । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।