काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता पास नहुने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले एमसीसी संशोधन भएपछि मात्रै पारित हुने बताए । प्रचण्डले सम्झौता संशोधनका लागि कुटनीतिक पहल भइरहेको र जवाफ नआएकाले तत्काल पास नहुने बताए ।

उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने बताए ।