काठमाडौँ – कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी क्राउन प्लाजा होटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।


ADVERTISEMENT


मंगलवार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको ताहचलस्थित सोल्टी होटलका साथै नेपालगञ्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियर होटलमा पनि उक्त छुट प्राप्त हुनेछ । जसमा बैंकका कर्मचारी तथा ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकका मुलुकभर १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर, ७५ वटा एटीएम सञ्चालनमा छन् ।