काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ ।


ADVERTISEMENT


उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।